पब्लिकको दुखमा पब्लिक टिभी, रुकुम पुगेर बाँड्यो १० लाखको राहत
रुकुम पश्चिम | कात्तिक २७, २०८०
पोखरा: पब्लिक फोर के टेलिभिजनले भूकम्पपीडितलाइ राहत वितरण गरेको छ । रुकुमको आठविसकोट नगरपालिकाका भूकम्पपीडितलाई टेलिभिजनले राहत वितरण गरेको हो ।
शनिबार आठविसकोटका भूकम्पले प्रभावित १ सय परिवारलाई राहत वितरण गरेको टेलिभिजनका प्रबन्ध निर्देशन मन क्षेत्रीले बताए ।
१० लाख रुपैयाँ बराबरको राहत सामाग्री बाँडेको उनले जानकारी दिए ।
भूकम्पले घरबार गुमाएर राहत अतिआवश्यक परिवारलाई छनोट गरेर दिएको उनले जानकारी दिए । ‘तत्काललाई खान र बस्नमिल्ने खालको राहत वितरण गरेका छौं’, क्षेत्रीले भने ।
उनका अनुसार त्रिपाल ब्ल्यांकेट, पिफर्म, तन्नासँगै ३० केजी चामाल, दाल, चना, नुन, तेल, बेसार, मसला, साबुन लगायतका दैनिक उपभोग्य बस्तु राहत प्याकेजमा वितरण गरिएको हो । स्वास्थ्य सामाग्रीसमेत नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
राहत लिएर पुगेको टेलिभिजनको टोलीले केही गाउँमा नगरपालिकाको समन्वयमा राहत आफैं वितरण ग¥यो भने केही ठाउँका लागि नगरपालिकामार्फत हस्तान्तरण गरेको छ ।
टेलिभिजन सर्वसाधारणको सुखदुखको सारथी बन्ने उद्घोषका साथ सञ्चालन गरिएकाले भूकम्पपीडितलाई राहत वितरण गरेको अध्यक्ष सविन भट्टले बताए ।
उनले आगमी दिनमा पनि सामाजिक कार्यमा जोडिने बताए ।
आठबिसकोट नगरपालिका–१३ भल्मामा राहत वितरण गर्दै नगर प्रमुख रवि केसीले सञ्चार माध्यमले समाचार सम्प्रेषणसँगै भूकम्पपीडितको घाउमा मलम लगाउनुपर्ने बताए ।
‘क्यामेरामा यहाँको दुख खिचेर देखाएर मात्रै हुदैन । मिडियाले पिडामा परेका नागरिकको घाउमा मलमपनि लगाउन सक्नुपर्छ । पब्लिक टिभीले राहतसमेत लिएर आएर प्रशसंनीय काम गरेको छ’, उनले भने ।
नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको नगर प्रमुख केसीको भनाइ छ ।
आठविसकोट १३, भल्माका गोपालजंग मल्लले सिंगो घर पुरिएको अवस्थामा प्याकेजसहित पाएको राहतले खुशी दिलाएको बताए । उनले अब अस्थायी बासको व्यवस्था आवश्यक रहेको सुनाए । ‘अहिलेलाई अस्थायी बासको व्यवस्था भए हुन्थ्यो । पछि त सरकारले पुननिर्माण गर्ला’, उनले भने ।
जाजरकोट केन्द्रविन्दु भइ गएको भूकम्पले आठविसकोटमा ४२ जनाको मृत्यु भएको छ । ८० जना घाइते भएका छन् । ४ हजार २७५ घरमा पूर्ण क्षति भएको प्रारम्भिक तथ्याङ्क छ । २ हजार ३३७ घरमा आंशिक क्षति भएको छ । भुकम्पबाट १ हजार ७११ घरमा सामान्य क्षति भएको छ ।
पब्लिक टेलिभिजनसँग राहत वितरणका लागि ह्वाइट पर्ल लाइट रिक्रुटमेन्ट प्राली, आकाश बन्जारा, टिएच कन्सल्टिङ सर्भिसेस ह्युमन रिर्सोसेज, सांगा बुदुकोन्स्टी प्लस डिओओले, संगीता रौनियार, सन्तोषि श्रेष्ठ (स्याङजा), विनोदकुमार श्रेष्ठ, पारु गुरुङ, सुजन गुरुङ, ढुवानी व्यवसायी महासंघ मोनिका ट्रान्सपोर्ट, दर्शन ट्रान्सपोर्ट, तिवारी गोरखा टे«डर्स पोखराका सञ्चालक पर्शुराम तिवारी, श्रीकृष्ण राइस मिल, टिकाराम पौडेल लगायतले सहकार्य गरेका छन् ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

